

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेरआयो



काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार आइतबार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ३३ पैसा र डिजेल प्रतिलिटर २० पैसा बढेर आएको छ । निगमले यसअघि मूल्य घटेर आउँदा पेट्रोल प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल १० रुपैयाँले घटाएको थियो ।
हरेक १५–१५ दिनमा भारतीय आयल कर्पोरेसन ९आईओसी०ले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची पठाउँछ । सो अनुरुप आइतबार पठाएको मूल्य बढेर आएको हो ।
आयल निगमले हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ । पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको भाउ बढेको छ ।
विगत १ महिनामा कच्चा तेलको भाउ प्रतिब्यारेल १५ डलर हाराहारीमा बढेको छ । हाल मुर्बान कच्चा तेलको भाउ प्रतिब्यारेल ८७।१२ डलर पुगेको छ । डब्लूटीआई तथा ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल क्रमशस् ८२।५ र ८६।३ डलर कायम भएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया