

लुम्बिनी प्रदेशमा दिए माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा

काठमाण्डौ । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका तीन जना र जनमत पार्टीका एक जना मन्त्रीले राजीनामा दिएका छन् । एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन र जनमत पार्टीका जना मन्त्रीले आज आइतवार राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री लीला गिरी रुपन्देहीमा भएकाले मन्त्रीहरूले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएका छन् । लुम्बिनीमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी मन्त्री हुनुहुन्थ्यो । यस्तै जनमत पार्टीका सीके गुप्ता मन्त्री हुनुहुन्थ्यो ।
माओवादी र जनमत पार्टीले समर्थन फिर्ता लिएसँगै लीला गिरी नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।
८७ सदस्यीय प्रदेश सभामा बहुमत जुटाउन ४४ सांसदको समर्थन आवश्यक पर्छ । लुम्बिनीमा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका ४र४, जसपा, लोसपा र जनमत पार्टीका ३र३, स्वतन्त्र २ तथा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १र१ जना प्रदेश सभा सदस्य रहेका छन् ।


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया