

लुम्बिनी प्रदेशमा दिए माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा



काठमाण्डौ । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका तीन जना र जनमत पार्टीका एक जना मन्त्रीले राजीनामा दिएका छन् । एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन र जनमत पार्टीका जना मन्त्रीले आज आइतवार राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री लीला गिरी रुपन्देहीमा भएकाले मन्त्रीहरूले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएका छन् । लुम्बिनीमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी मन्त्री हुनुहुन्थ्यो । यस्तै जनमत पार्टीका सीके गुप्ता मन्त्री हुनुहुन्थ्यो ।
माओवादी र जनमत पार्टीले समर्थन फिर्ता लिएसँगै लीला गिरी नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।
८७ सदस्यीय प्रदेश सभामा बहुमत जुटाउन ४४ सांसदको समर्थन आवश्यक पर्छ । लुम्बिनीमा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका ४र४, जसपा, लोसपा र जनमत पार्टीका ३र३, स्वतन्त्र २ तथा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १र१ जना प्रदेश सभा सदस्य रहेका छन् ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया