एनएमबी बैँक बनगाइ शाखाका ग्राहकलाई जय पाथिभरा पोलिक्लिनिकले दिने भयो उपचारमा छुट

बाबुराम रायमाझी, कपिलवस्तु । गोलोबल मनिवीक २०२३ को अवसरमा डिजिटल प्रबिधिको प्रयोगलाई अभिबृद्धि गर्ने उद्धृश्यले एनएमबि बैक लिमिटेड बनगाई शाखा र जय पाथीभरा पोलिकिलिनिक प्रा.लि बनगाई बिच एक समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न गरेको छ ।

बाणगंगा नगरपालिका वडा नं ७ बनगाईमा रहेको जय पाथीभरा पोलिकिलीनक अस्पतालले चैत १० गतेदेखी एनएमबि बैकंका कर्मचारी तथा ग्राहकलाई अस्पतालले दिने बिभिन्न ओपिडी रजिस्ट्रेसन, ल्याव,रेडियोलोजी,जनरल बेड चार्ज, क्याबिन बेड चार्ज लगाएतका सेवामा डेबिट कार्ड, क्रेडिट कार्ड, ईएनएमबी मोवाईल बैकीङ सेवाबाट भुत्तानी गर्दा १३ प्रतिशत सम्म छुट दिने अस्पतालका संचालक मधु खनालले जानकारी दिए ।

समझदारी पत्रमा जयपाथिभरा पोलिकिलिनिकका अध्यक्ष बिण्णु बहादुर रायमाझी एनएमबि बैक बनगाई शाखाका प्रमुख लालबहादुर भण्डारीको उपस्थितिमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको थियो । समझदारी पश्चात एनएमबि बैकमा कार्यरत कर्मचारी तथा एनएमबि बैंकका बाणगंगा नगरपालिका, बुद्धभुमी नगरपालिकका ग्राहकलाई प्रत्यक्ष रुपमा राहत हुने बैकंका एसिस्टेन्ट रिलेसनसिप मेनेजर कमल आचार्यले बताए ।जयपाथिभरा पोलिकिलिनिक अस्पताल बिगत एक बर्षदेखी कपिलवस्तु जिल्लाको बनगाईमा स्थापना भई एमडि तथा एमबिबिएस डाक्टरबाट ओपीडि सेवा तथा २४घण्टा आकस्मीक सेवा संचालान गरिरहेको अस्पतालका अध्यक्ष बिण्णु बहादुर रायमाझीले बताए । एनएमबि बैकंले ग्राहकको बचत जम्मा साना तथा ठुला ब्यवसाय , उधोगीहरुलाई ब्यवसाय संचालन गर्न लगानी,स्वदेस तथा बिदेशमा उच्चशिक्षा अध्ययन गर्नका लागि शैक्षिक कर्जा, भबिस्यका लागी सुनौलो घर निर्माणका लागी फिक्स ११.९९ प्रतिसतमा घर कर्जा लगानी गर्दै आईरहेको छ ।

ग्रामिण तथा सहरी क्षेत्रमा बसोवास गर्ने ब्याक्ति, उच्चशिक्षा अध्ययन गर्ने बिधार्थी लगायतलाई लक्षित गरी बित्तिय साक्षरताका माध्यमबाट बैकंले दिने सेवा सुविधा र डिजिटल प्रबिधिको प्रयोग माध्यम नदिनका लागी सचेतना कक्षा संचालन मार्फत जनचेतना जगाउदै देशका बिभिन्न शहर तथा ग्रामिण क्षेत्रमा छरियर रहेका आफ्ना ग्राहकवर्गको हितका लागी अस्पताल, होटल, डिपार्टमेन्ट स्टोर लगाएतका संघ संस्थासंग समझदारी गरि बिभिन्न छुट सुबिधा प्रदान गर्ने भुमीका खेलिरहेको छ ।एनएमबि बैकं सन २०१७,२०१८,२०१९ र २०२१ मा ४ पटक उत्कृष्ट बैकंको रुपमा पुरस्कृत भई क बर्गको बाणिज्य बैक हो । हाल देशभरी २ शय १ वटा शाखा मार्फत सेवा प्रदान गरिरहेको छ ।

 

प्रतिक्रिया