

तिलोत्तमा रोजगार सूचना मेला सम्पन्न



बुटवल । तिलोत्तमा नगरपालिकाको आयोजनामा शनिबार वृत्ति मार्ग निर्देशन तथा रोजगार सुचना मेला सम्पन्न भएको छ ।
रोजगारीको खोजीमा रहेका बेरोजगार तथा अर्ध बेरोजगार युवा बिद्यार्थीहरुका लागि लक्षित गरेर आयोजना गरिएको वृत्ति मार्ग निर्देशन तथा रोजगार सुचना मेलामा रोजगार तथा रोजगार दाता कम्पनीहरुका ४० स्टल रहेका थिए । मेलाका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले रोजगार मेलामा १ हजार भन्दा बढिको सहभागिता रहेको बताए ।
तिलोत्तमाको रामजानकी मन्दिर परिसर भएको मेलाको एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले उद्घाटन गरे । सो अवसरमा उनले यो मेलालाई आगामी दिनमा व्यवस्थित बनाउंदै अझै प्रभावकारी बनाउने बताए । उनले मेलाको माध्यमबाट नगरपालिका भित्र बरोजगारीको अवस्था र योग्यता बारे पनि थाहा हुने बताए ।
तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरीले मेलामा सहभागि भएकाहरुलाई विभिन्न कम्पनीले सिधै रोजगारका लागि प्रस्ताव गरी कतिपयलाई सम्झौता समेत गरेको बताए । इन्स्योर परियोजनाको सहयोगमा नगरपालिकाले आयोजना गरेको सो रोजगार मेलामा रोजगार सम्बन्धि बिज्ञ, तालिम प्रदायक संस्था, रोजगार कम्पनि, उद्योग कलकारखानाका संचालक तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया