

अर्घाखाँचीको पाणिनिका हजार दिने आमाहरुलाई क्याल्सियम वितरण


अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिका(६ मा ‘हजार दिने आमा’हरुलाई क्याल्सियम वितरण गरिएको छ।
गर्भ रहेदेखि बच्चा दुई वर्षको हुँदासम्मका आमाहरुलाई निःशुल्क क्याल्सियम वितरण गरिएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए।
क्याल्सियमको कमी भइ बच्चा कुपोषित हुने अवस्थाको अन्त्य गर्ने उद्देश्यले हजार दिने आमाहरूलाई निःशुल्क क्याल्सियम वितरण गरिएको हो।
वडा अध्यक्ष पौडेलका अनुसार पोषणयुक्त सामग्रीअन्तर्गत ४० जना आमालाई एक क्यारेट अण्डा र सुत्केरी महिलालाई एक(एकवटा तौलिया वितरण गरिएको थियो।
वडाले यसै वर्ष स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने अध्यक्ष पौडेलको भनाइ छ। उक्त अवसरमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य संस्थाका कर्मचारीलाई झोला वितरण गरिएको छ।
कार्यक्रममा कार्यपालिका सदस्य तारा पौडेल, वडासदस्य खगेश्वर पौडेल, हरिप्रसाद पौडेल धातिवाङ माविका प्रधानाध्यापक हिमलाल पौडेल, स्वास्थ्य संस्था सञ्चालन समितिका सदस्य दुर्गा न्यौपाने पौडेललगायतले पोषणमैत्री वडा बनाउन सबैको साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया