

कपिलवस्तु उद्योग वाणिज्य संघले भन्यो, ‘अब साप्ताहिक बजार बन्द नगर्नु’



कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघ मातहत रहेर संचालनमा रहेका व्यापार व्यवसाय अब मंगलबार पनि बन्द नहुने भएका छन् । साप्ताहिक रुपमा हरेक मंगलबार बन्द हुदै आएका बजार अब दैनिक खुल्ने भएका हुन ।
कपिलवस्तु उद्योग वाणिज्य संघको बिहिबार बसेको कार्यसमिति बैठकले देशमा देखा परेको अर्थतन्त्रको वर्तमान अवस्थाका कारण उद्योगी व्यवसायीहरुलाई परेको आर्थिक असहजता तथा घर बहाल, बैंक तथा वित्तीय संस्थाको व्याजदर बुझाउन असमर्थ हुने स्थिति रहेका कारण बजार बन्द गर्ने निर्णत तत्कालका लागि फुकुवा गरेको जनाएको छ ।
उद्योग वाणिज्य संघले बजार बन्द सम्बन्धी कार्यविधि बनाइसकेपछि पुनः बजार बन्दलाई निरन्तरता दिने समेत निर्णय गरेको महासचिव मनोज पौडेलले जानकारी दिएका छन् । उद्योग वाणिज्य संघको निर्णय अनुसार आफ्नो व्यवसाय दैनिक संचालन गर्न पनि व्यवसायीहरुलाई आग्रह गरेको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान







प्रतिक्रिया