

तराईमा धुमधामसँग आज होली मनाइँदै



काठमाण्डाै
तराईका जिल्लामा आज धुमधामसँग होली पर्व मनाइँदैछ । काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमा हिजो होली मनाइएको थियो । तराईका बासिन्दाको बसोबास रहेका काठमाण्डाैसहित पहाडी क्षेत्रका कतिपय ठाउँमा आज पनि होलीको रौनक छ ।
यसैबीच, धनुषाको जनकपुरधाममा दुई दिने होली महोत्सव सुरु भएको छ । मिथिला नाट्य कला परिषद् जनकपुरधामको आयोजनामा सुरु भएको होली महोत्सवको पहिलो दिन हिजो लोप भइरहेको होलीको जोगिरा गीत प्रतियोगिता सम्पन्न भएको छ ।
डेढ दर्जन होरैया समूहको सहभागिता रहेको होली महोत्सवमा विभिन्न जिल्लाका होरैया समूह सहभागी थिए । जानकी मन्दिरको प्राङ्गणमा भइरहेको महोत्सवमा आज महामूर्ख सम्मेलन हुँदैछ । मिथिला नाट्यकला परिषद्का महासचिव शैलेन्द्र मल्लिकका अनुसार आज विशिष्ट शैलीमा उद्घाटन, हास्य शैलीको व्यङ्ग्यपूर्ण नाट्य प्रस्तुति, होरी गायन, हास्य कवि गोष्ठी, सम्मान, मूर्ख एवम् महामूर्खको उपाधि वितरणका साथै मूर्ख र महामूर्खलाई सम्मान गरिने बताउनुभयो ।
विसं २०६१ सालदेखि जनकपुरधाममा महामूर्ख सम्मेलनको सुरु गरिएको थियो । विसं २०६१ सालमा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, विसं २०६२ मा तत्कालीन नेकपा (एमाले) का नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका मेयर हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडि भ्रमर, २०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० मा तमलोपाका वरिष्ठ नेता डा विजयकुमार सिंह, २०७१ मा नेता शत्रुधन महतो, २०७२ मा श्मशानघाटको स्वरूप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिङ्घानीयालाई दिइएको थियो ।
यस्तै, विसं २०७३ सालमा सप्तरीको मलेठमा नेकपा (एमाले)ले गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको ज्यान गएपछि कार्यक्रम स्थगित गरेको थियो । विसं २०७४ सालमा महामूर्खको उपाधि तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र विसं २०७५ सालमा जसपाका नेता लालकिशोर साहलाई प्रदान गरिएको थियो ।
त्यस्तै विसं २०७६ सालमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ सालमा महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य एवम् २०७८ सालमा अर्थविद डा. भोगेन्द्र झालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया