

प्रचण्डविरुद्ध मुद्दा दर्ता भएपछि माओवादी केन्द्र लुम्बिनीले निकाल्यो विज्ञप्ति



बुटवल । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएपछि प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ ।
सर्वाेच्चका न्यायाधीशद्वोय ईश्वर खतिवडा र हरि फुँयालको संयुक्त ईजलासले रिट दर्ता गर्न आदेश दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको माओवादीले जनाएको छ । समितिले मुलुकको स्थायी शान्ति र अग्रगमनका लागि विगतका १२ बुँदे पक्षधर सम्पूर्ण गणतन्त्रवादी राजनीतिक दल, नागरिक समाज र न्यायप्रेमी जनसमुदायलाई यस्ता शान्ति र संविधान विरोधी गतिविधिप्रति सचेत रहन र आवश्यकता अनुसार प्रतिवाद गर्न अपिल गरेको छ ।
समितिका अध्यक्ष सुदर्शन बरालले सोमवार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मुलुकले प्राप्त गरेको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक, धर्म निरपेक्षता लगायतका उपलब्धिको जग १० वर्षे महान जनयुद्ध र २०६२÷६३ को जनआन्दोलन हो भन्ने कुरा सर्वविदितै छ ।
तत्कालीन नेकपा माओवादी र ७ राजनीतिक दलका बीचमा बृहत् शान्ति सम्झौता सम्पन्न भई मुलुक उक्त प्रक्रियामा प्रवेश गरेको र विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान २०६३ को अभिन्न अंग बनिसकेको माओवादी केन्द्रले भनेको छ ।
मुलुकमा शान्ति बहाल हुन नदिन, जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई नष्ट गर्न, यसको शुरूआतदेखि नै विभिन्न व्यक्ति र शक्ति केन्द्रहरू लागिपरेको जनाउँदै पार्टीले मुलुकलाई पुनः द्वन्द्वमा फसाएर आफ्नो आपराधिक स्वार्थको खेती गरिरहेका तत्वसँग सर्वाेच्च अदालत सचेत नै छ भन्नेमा विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी








प्रतिक्रिया