
प्रचण्डविरुद्ध मुद्दा दर्ता भएपछि माओवादी केन्द्र लुम्बिनीले निकाल्यो विज्ञप्ति

बुटवल । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएपछि प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ ।
सर्वाेच्चका न्यायाधीशद्वोय ईश्वर खतिवडा र हरि फुँयालको संयुक्त ईजलासले रिट दर्ता गर्न आदेश दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको माओवादीले जनाएको छ । समितिले मुलुकको स्थायी शान्ति र अग्रगमनका लागि विगतका १२ बुँदे पक्षधर सम्पूर्ण गणतन्त्रवादी राजनीतिक दल, नागरिक समाज र न्यायप्रेमी जनसमुदायलाई यस्ता शान्ति र संविधान विरोधी गतिविधिप्रति सचेत रहन र आवश्यकता अनुसार प्रतिवाद गर्न अपिल गरेको छ ।
समितिका अध्यक्ष सुदर्शन बरालले सोमवार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मुलुकले प्राप्त गरेको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक, धर्म निरपेक्षता लगायतका उपलब्धिको जग १० वर्षे महान जनयुद्ध र २०६२÷६३ को जनआन्दोलन हो भन्ने कुरा सर्वविदितै छ ।
तत्कालीन नेकपा माओवादी र ७ राजनीतिक दलका बीचमा बृहत् शान्ति सम्झौता सम्पन्न भई मुलुक उक्त प्रक्रियामा प्रवेश गरेको र विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान २०६३ को अभिन्न अंग बनिसकेको माओवादी केन्द्रले भनेको छ ।
मुलुकमा शान्ति बहाल हुन नदिन, जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई नष्ट गर्न, यसको शुरूआतदेखि नै विभिन्न व्यक्ति र शक्ति केन्द्रहरू लागिपरेको जनाउँदै पार्टीले मुलुकलाई पुनः द्वन्द्वमा फसाएर आफ्नो आपराधिक स्वार्थको खेती गरिरहेका तत्वसँग सर्वाेच्च अदालत सचेत नै छ भन्नेमा विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक







प्रतिक्रिया