

राेजगारीका लागि दुबई पुगेका अर्घाखाँचीका जीवनको बिचल्ली


अर्घाखाँची
राेजगारीका लागि संयुक्त अरब इमिरेन्ट्स (यूएई) काे दुबई पुग्नुभएका अर्घाखाँचीका एक युवा बिचल्लीमा पर्नुभएकाे छ । मालारानी गाउँपालिका–१ फाप्रेका जीवनराज आचार्यले आफूलाई छिटोभन्दा छिटो नेपाल फर्काइदिन अपिल गर्नुभएकाे हाे । उहाँले भन्नुभयाे, मेराे स्वास्थ्य अवस्था बिग्रेकाे छ । म नेपाल फर्कन चाहन्छु सहयाेग गर्नुहाेस् ।’
आचार्य २४ दिनअघि काठमाण्डाैमा रहेकाे ‘गणपती ओभरसिज’ नामक म्यानपावर कम्पनीबाट दुबई पुग्नुभएकाे थियाे । म्यानपावर कम्पनीले ‘काम सजिलो र आरामदायी छ, सामान प्याकिङ गर्ने हो’, भनेर पठाएको उहाँले बताउनुभयाे । सर्तअनुसारको काम नपाएको उहाँकाे गुनासाे छ । ‘यहाँ म बिजोग अवस्थामा छु, १२ घण्टा उभिएर काम गर्नुपर्छ । एक सेकेन्ड यताउता गर्न पाइँदैन ।’
अहिले आफ्नो आँखामा गम्भीर समस्या आएको जीवनकाे भनाइ छ । उहाँले भन्नुभयाे, ‘आँखा दुखेर नजिकैको वस्तु पनि चिन्न नसक्ने अवस्थामा छु । कम्पनीले पानी पिएपछि निको हुन्छ भन्छ । उपचारका लागि कम्पनीमा धेरै पटक कुरा गरेँ तर कसैले मेरो समस्या सुन्दैनन् । जतिसक्दो नेपाल फर्किएर आँखाको उपचार गर्न मन छ, नत्र मेरो आँखा खत्तम हुने भयो ।’
आफूले काम गर्ने कम्पनी जेलभन्दा कम नभएको भन्दै आफू त्यहाँबाट मुक्त हुन चाहेको जीवनले बताउनुभयाे । ‘म कुनै पनि हालतमा नेपाल फर्किन चाहान्छु । कृपया मलाई सहयोग गरी नेपाल फर्काउने पहल गरिदिनुहोला’, उहाँले भन्नुभयाे ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया