

जजिराले फागुन २५ देखि पुनः उडान भर्ने



भैरहवा । एक सातापछि कुवेतको जजिरा एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि पुनः उडान सुरु गर्नेभएको छ । जजिराले कुवेतका लागि सातामा तीन दिन उडान थाल्ने घोषणा गरेको हो ।
एयरलाइन्सले प्रेस विज्ञप्ति जारी गर्दै फागुन २५ गते बिहीबारदेखि पुनः उडान सुरु गर्ने जनाएको छ । जजिराले जारी गरेको विज्ञप्तिमा भैरहवाबाट स्थानीय समयअनुसार मंगलबार, बिहीबार र शनिबार बिहान ८ः०५ बजे कुवेतका लागि उडान गर्नेछ ।
त्यस्तै, कुवेतबाट सोमबार, बुधबार र शुक्रबार राति ११ः५० बजे भैरहवाका लागि उडान हुनेछ । भैरहवाबाट कुवेतका लागि एकतर्फी भाडा २८ हजार ८३६ रुपियाँ तोकिएको नेपालस्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले बताउनुभयो ।
गत जेठ २ गते विमानस्थल उद्घाटनकै दिनबाट भैरहवा उडान भर्दैआएको जजिराले पछिल्लो समय मौसमलाई कारण देखाउँदै आफ्ना उडान काठमाडौंकेन्द्रित गरेको थियो । पछिल्लो समय मौसम खुल्दा समेत जजिराले उडान सुरु नगरेपछि संशय पैदा भएको थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया