
जहाज निरन्तर भारततर्फ नै डाइभर्ट, वैकल्पिक बनेनन् भैरहवा र पोखरा

काठमाडौं
गत जेठ १ गतेदेखि सञ्चालनमा रहेको भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भैरहवा विमानस्थल काठमाडौँ विमानस्थलको विकल्प भएको बताएका थिए ।
कारणवश काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका जहाज भैरहवामा अवतरण हुने उनको भनाइ थियो ।
त्यस्तै गत पुस १७ गते उद्घाटन गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका क्रममा पनि उनले अब विदेशबाट आएका जहाज सिधै पोखरा विमानस्थलमा अवतरण गर्नसक्ने बताएका थिए । तर वैकल्पिक विमानस्थलका रूपमा देशभित्रै दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल तयारी अवस्थामा रहे पनि काठमाडौँमा अवतरण हुन नसकेका विमान भने भैरहवा वा पोखरामा अवतरण नभई भारततर्फ ‘डाइभर्ट’ हुँदै आएका छन् ।
विगतमा नेपालमा एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल हुँदा काठमाडौँमा कुनै अवरोध भए विमानहरू भारतको पटना र लखनउमा अवतरण हुने गरेका भए पनि हाल देशमा तीनवटा विमानस्थल तयारी अवस्थामा रहँदासमेत महानिर्देशक अधिकारीले भनेजस्तो समाधान नभई समस्या ज्युँका त्युँ छ । अहिले पनि जहाज घण्टौँ आकाशमा फन्को लगाएर निरन्तर भारततर्फ डाइभर्ट हुने क्रम रोकिएको छैन ।
आजको गोरखापत्र दैनिकमा समाचार छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया