

मदरसा र मस्जिदमा निशूल्क खानेपानीको व्यवस्था गर्न मन्त्रीसमक्ष माग



कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समितिका उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले खानेपानी मन्त्री अब्दुल खानलाई भेटेर मदरसा व्यवस्थापन तथा धार्मिक स्थलहरूमा निःशुल्क खानेपानीको व्यवस्थापन गर्न ज्ञापन पत्र दिएका छन् ।
नेपाल भित्र रहेका धार्मिक स्थलहरु मन्दिर, मस्जिद, गुम्बा, विहार, चर्च, गुरूद्वारा लगायत अन्य धार्मिक स्थल हरुमा निशुल्क खानेपानीको व्यवस्थापन हुनुपर्ने माग गरेका छन ।
मदरसा मस्जिदहरूमा खानेपानीको राम्रो व्यवस्था नभएका स्थानमा खानेपानी मन्त्रालयले अनुगमन गरि निशुल्क खानेपानीको व्यवस्था मिलाउन ज्ञापन पत्र दिइएको उपाध्यक्ष मौलाना मशहूदले जानकारी दिनुभयो ।
राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले मन्त्री खानसंग मदरसामा पढाउने शिक्षक लाई प्रक्रिया पुर्याई दरबन्दी स्थापना गरि स्वत स्थायी गर्नु पर्ने तथा नेपाल सरकारले मदरसामा दिदै आएको बार्षिक अनुदान रकम दुइ लाख एक्चालिस हजार बाट बढाएर दश लाख दिनुपर्ने कुरा आफ्नो तवरले समस्या समाधान गर्न अनुरोध गर्नुभयो ।
खानेपानी मंत्री खानले आफू खानेपानीको समस्या प्रति गम्भीर भएर लागिरहेको तथा खानेपानीको समस्या समाधान गर्न आफू हरू सदैव तयार रहेको बतानुभयो ।
उपाध्यक्ष खां सहित राष्ट्रीय मदरसा संघ नेपालका वरिष्ट सल्लाहकार मेघनाथ ढकाल, खतिजुल कुबरा गर्लस कालेजका अध्यापक अब्दुल कयुम, हफिजुल्ला सहितको टोलीले खानेपानी मंत्री खान लाई ध्यानाकर्षण गराएका छन् ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया