

सन्धिखर्कका किसानलाई अनुदानमा कृषि उपकरण वितरण


अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यावसायिक किसानलाई अनुदानमा डीप फ्रिज, विद्युतीय घाँस काट्ने मेशिन र भकारो सोहोर्ने हाईप्रेसर क्लिनर मेशिन वितरण गरेको छ ।
सन्धिखर्क नगरपालिकाको पशु सेवा शाखाले किसानका मागको आधारमा किसानलाई ५० प्रतिशत अनुदानमा डीप फ्रिज १९ वटा, ७५ प्रतिशत अनुदानमा विद्युतीय घाँस काट्ने मेशिन ९ वटा र ५० प्रतिशत अनुदानमा भकारो सोहोर्ने हाईप्रेसर क्लिनर मेसिन १८ वटा वितरण गरेको हो ।
पशुपालनमा लागेका किसानको सहजताका लागि विभिन्न प्रकारका मेशिन वितरण गरेको सन्धिखर्कका मेयर कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । दुग्ध तथा मासुजन्य पदार्थको संरक्षण गर्नुका साथै समयको बचत गर्न र थोरै कामदारबाट धेरै पशुपालन गरी उत्पादन वृद्धि गर्ने नगरपालिकाले अपेक्षा लिएको उहाँको भनाइ छ ।
सन्धिखर्ककी उपमेयर आचार्यले व्यावसायिक कृषि र पशुपालनमा लागेको किसानलाई नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । आधुनिक र प्रविधीमैत्री तरिकाबाट कृषि र पशुपालन गर्दा किसानलाई बढी फाइदा हुने भएकाले विभिन्न प्रकारका मेशिन वितरण गरेको उहाँले बताउनुभयो ।
आफूहरूको मागका आधारमा नगरपालिकाले डीप फ्रिज, विद्युतीय घाँस काट्ने मेशिन र भकारो सोहोर्ने हाइप्रेसर क्लिनर मेशिन वितरण गरेकोमा खुसी भएको किसान बाबुराम पाण्डेले बताउनुभयो ।
उज्यालोबाट ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया