प्रहरी निरीक्षक चुंदाली उजिर सिंहदीप द्वितीय पदकबाट सम्मानित

हरि आचार्य, कपिलवस्तु । नेपाल प्रहरीका प्रहरी निरीक्षक नबिन चुंदाली उजिर सिंहदीप द्वितीय पदकबाट विभूषित हुनुभएको छ ।

लुम्बिनी प्रदेश सरकारको पाँचौ प्रदेश स्थापना दिवसका अवसरमा दाङको सिरिचौरमा आयोजित एक वृहत कार्यक्रममा चुंदाली विभूषित हुनुभएको हो ।

लुम्बिनी प्रदेश भित्रका विभिन्न प्रहरी कार्यालयमा कार्यरत रहँदा अपराध अनुसन्धान, लागु औषध नियन्त्रण, विपद्मा परेका नागरिकको उद्धार र नागरिकको शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे वापत प्रहरी निरीक्षक चुदाली विभूषित हुनुभएको हो ।

चुंदालीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पदक अधिकार पत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो । विभूषित भएसंगै प्रहरी निरीक्षक चुंदालीले शान्ती सुव्यवस्था कायम गरि देश र जनताको सुरक्षाका लागि आफु सदैव प्रतिवद्ध रहने बताउनुभयो ।

प्रतिक्रिया

खबर सबै