

बैंकिङ सिन्डिकेटविरुद्ध उद्योगी-व्यवसायीद्वारा विरोध प्रदर्शन

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकहरु बिरुद्ध विरोध प्रदर्शन गरेको छ । शुक्रवार उद्योगी व्यवसायीहरूका ९ वटा महासङ्घ र ३८ वटा सङ्घहरूले बैङ्कहरू विरुद्ध संयुक्त सडक आन्दोलन गरेका हुन् । व्यवसायीहरूले पछिल्लो समय बैङ्कहरूले बढाएको चर्को ब्याजदरविरुद्ध आन्दोलन गर्ने बाध्य भएको र उद्योगी व्यवसायीहरूमा रहेको सिन्डिकेटका अन्त्य र बैङ्कको ज्यादतीविरुद्ध सडक आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।


विरोध कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उद्योगी व्यवसायीहरूले सांसद, मन्त्री बनाइदिन माग नगरेको भन्दै बैङ्कको आतङ्कलाई बन्द गर्न र व्यवसायीहरूलाई गरिखान दिन आवाज उठाइरहेको बताए । उनले देशका उद्योगी व्यवसायीहरूको माग सम्बोधन हुन सबै व्यवसायीहरू प्रेम आचार्य नै बन्नुपर्ने हो भन्दै प्रश्न गरे ।

त्यस्तै नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष कुमार कार्कीले नेपालीहरूले नेपालमा नै गरिखान पाउनुपर्ने बताए । उनले व्यापारीहरूले ८ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पुर्याउँदासमेत चुप लागेर बस्नुपर्ने कुराको अन्त्य हुनुपर्ने बताए । उनले बैंकर्स र वित्तीय संस्थाहरू सामन्ती बनिरहेको बताए । उनले सरकार यसरी मौन बस्नु नहुने बताए । उनले सरकारले व्यापार उद्योगमैत्री नियम कानुन ल्याउन आवश्यक रहेको बताए ।


पछिल्लो समय कोभिड महामारी लगायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरूका कुनै पनि माग सम्बोधन नगरेको आरोप उनीहरूको छ । उद्योग र व्यापारमा रहेको सिन्डिकेटको अन्त्य सबै उद्योगी व्यवसायीहरूको पहुँचसहितको बैङ्कहरूको ज्यादतीविरुद्ध थप आन्दोलन गर्ने चेतावनी समेत कार्यक्रममा दिइएको छ ।


खबर सबै
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’









प्रतिक्रिया