

कपिलवस्तुमा महा शिवरात्री पर्वको तयारी तिव्र


राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुमा महा शिवरात्री पर्वको तयारी स्वरुप शिव मन्दिरहरुमा विभिन्न कार्यक्रम आयोजनाको तयारी गरीएको छ ।
फागुन ६ गते शनिबार परेको शिवरात्री पर्वमा कपिलवस्तु सहित देशभरका शिवालयहरुमा भगवान शिवको पूजा आरधना सहित शिवरात्री पर्व मनाइदै छ । त्यसका लागि शिवालयहरुको सरसफाई, रङरोगन सहित आवश्यक तयारीमा तिव्रता दिइएको छ ।
बाणगंगा नगरपालिका वडा नम्बर ९ कपिलधाम स्थित कपिल आरोग्य मन्दिर कपिलधमसहित वडा नम्बर ९ को रामदतिवन धाममा यतिबेला शिवरात्रीको तयारी गरिएको छ ।
कपिलधाममा शिवरात्री पर्वका अवसरमा लघुरुद्रीसहित दिप प्रज्वलन, जलार्पण, भजनकिर्तन तथा कथा प्रवचन लगाएतका कार्यक्रम राखिएको धामका अध्यक्ष शंकर प्रसाद आचार्यले जानकारी दिनुभएको छ । यस्तै उहाँले स परिवार उपस्थितिका लागि सूचनासहितको निमन्त्रणा गर्नुभएको छ ।
यस्तै उता बाणगंगा ९ मै रहेको धार्मिक स्थल राम दतिवनमा पनि तीन दिने शिवरात्री मेलाको आयोजना गरीएको धामका सचिव प्रेमनारायण पाण्डेले जानकारी दिनुभयो । शिवरात्रीको अवसरमा रामदतिवन धाम व्यवस्थापन समितिले तयारी तिव्र पारेको भन्दै उहाँले शिवरात्रीको मेलालाई व्यवस्थित बनाउने काम भइरहेको बताउनुभयो ।
फागुन ५, ६ र ७ गते रामदतिवन धाममा विशेष पूजा आरधना सहित आध्यात्मिक प्रखर वक्ता ऋषिकेश उपाध्यायद्धारा कथा प्रवचनको कार्यक्रम राखिएको छ भने महा आरतीको कार्यक्रम पनि रहेको धाम व्यवस्थापन समितिले जानकारी दिएको छ ।
यस्तै यता वडा नम्बर ६ स्थित लक्ष्मणघाट धाममा पनि शिवरात्रीको तयारी गरिएको जनाइएको छ भने पिपरा, बैरिया लगाएतका स्थानका शिवालयमा पनि शिवरात्री मनाउन तिव्र तयारी गरिएको छ ।
यसवर्ष फागुन ६ गते शिवरात्री पर्व परेको छ । हिन्दु धर्ममा महाशिवरात्री पर्वको विशेष महत्व रहेको छ । हिन्दु क्यालेन्डरमा १२ मासमा १२ शिवरात्री हुन्छन्, तर महाशिवरात्री र शिवरात्रीमा ठुलो अन्तर रहेको जानकारहरु बताउँछन् ।
पौराणिक र धार्मिक मान्यताहरुका अनुसार तीन कारणहरुले महाशिवरात्री पर्व मनाइन्छ । जसमा शिव–पार्वतीको विवाह सबैभन्दा धेरै प्रचलित रहेको छ । जसका कारणले महाशिवरात्रिमा विभिन्न स्थानहरुमा रातीको समयमा शिवको जन्ति पनि निकाल्ने परम्परा रहेको छ ।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया