

लुम्बिनीमा बिना विभागीय मन्त्री के.सीद्धारा राजीनामा, भोलि नवनियुक्त मन्त्रीको शपथको तयारी



दाङ । लुम्बिनी प्रदेशकी बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन्। शपथ ग्रहण गरेको एक महिनासम्म जिम्मेवारी नतोकिएकी केसीले मुख्यमन्त्री लीला गिरीलाई राजीनामा बुझाएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।
मुख्यमन्त्री लुम्बिनीमा छन्। त्यही पुगेर राजीनामा बुझाएको बताइएको छ। मन्त्रालय बाँडफाँड र अब तोकिने जिम्मेवारीमा केसी असन्तुष्ट रहेको बुझिन्छ। उनलाई भौतिक पूर्वाधार मन्त्रालय चाहिएको, उनको जिम्मेवारीमा आन्तरिक मामिला मन्त्रालय पर्ने भएपछि उनी असन्तुष्ट रहेको स्रोतले बताएको छ।
भोलि लुम्बिनीमा नवनियुक्त मन्त्रीको शपथको तयारी छ। प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभा परिसरमा आइतबार दिउँसो १ बजे नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम आयोजना गर्ने भएको हो। लुम्बिनीमा मुख्यमन्त्रीले शपथ लिएको एक महिनापछि बल्ल सरकारले पूर्णता पाउने देखिएको हो।
सत्ता साझेदार दलहरुको बीचमा सहमति गरेर मन्त्रालयको भागबण्डा टुंगो लगाइएको छ। तर, मन्त्रालय र मन्त्रीको नाम भने अझै औपचारिक रुपमा सार्वजनिक गरिएको छैन। दलभित्र आन्तरिक छलफल भइरहेको र मन्त्री बन्न आकांक्षीहरु धेरै भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ। यसअघि एमालेका चेतनारायण आचार्य मन्त्री भइसकेका छन्।
उनीहरुलाई जिम्मेवारी दिने र बाँकी मन्त्रीहरुको शपथको तयारी सुरु भएको छ। सरकारमा एमालेका चार, माओवादी केन्द्रका तीन, राप्रपा, जनमतलगायत साना दललाई एकरएक मन्त्रालय दिने गरी तयारी भइरहेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।
प्रदेशमा मुख्यमन्त्रीसहित दश मन्त्रालय बनाउने निर्णय भएको थियो। तर, सत्ता साझेदार दलहरुको बीचमा सहमति जुटाउन मन्त्रालयको संख्या बढाएर पनि अघि बढ्न दबाब परेको छ।
स्रोतका अनुसार माओवादी केन्द्रको भागमा महत्वपूर्ण मानिएका पूर्वाधार विकास, आन्तरिक मामिला, अर्थ मन्त्रालय परेका छन् भने बाँकी सामाजिक विकास, कृषि, स्वास्थ्यलगायतका मन्त्रालय एमालेसहित अन्य साना दलको भागमा पुग्ने देखिएको छ। मुख्यमन्त्री लिला गिरी सत्ता साझेदार दलहरुको बीचमा सहमति खोज्न निरन्तर छलफलमा व्यस्त छन्।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया