

राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दसौदी विजयी



दाङ । राष्ट्रिय सभा सदस्य उपचुनावमा नेकपा एमालेका कुमार दसौदी विजयी हुनुभएको छ । सत्ता साझेदार दलको तर्फबाट साझा उम्मेदवार दसौदी ४ हजार २६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७ सय २० मत प्राप्त गर्नुभयो । यस्तै नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले एक सय ९२ मत प्राप्त गर्नुभयो । प्रदेश सभातर्फ तीन मत बदर भएको छ ।
नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपचुनाव भएको हो । चुनावमा ३ सय ५ जना मतदाता रहेकामा ३ सय ४ मत खसेको थियो ।
निर्वाचित दसौदी रोल्पाको रुन्टीगढी गाउँपालिका ५ का बासिन्दा हुनुहुन्छ । दसौदीको प्रस्तावकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य मीनाकुमारी श्रेष्ठ हुनुहुन्थ्यो ।
नागरिक उन्मुक्तिका राय स्थायी घर सल्यान भई अहिले बाँकेमा बसोबास गर्दै आउनुभएको थियो । रायको प्रस्तावकमा उन्मुक्तिका सांसद राजकुमार चौधरी र समर्थकमा प्रदेश सभा सदस्य धर्मबहादुर चौधरी हुनुहुन्थ्यो ।
कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले मनोनयन दर्ता गर्दा उहाँको प्रस्तावकमा बङ्गलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका मेयर जोगराज चौधरी हुनुहुन्थ्यो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया