

भूकम्पमा परी टर्कीका गोलकिपरको मृत्यु





एजेन्सी
टर्कीका गोलकिपर अहमेट इयुप तुर्कास्लानको विनासकारी भूकम्पमा परी मृत्यु भएको छ।
सोमबार बिहान आएको शक्तिशाली भूकम्पमा परी तुर्कासलानको ज्यान गएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ।
‘हाम्रा गोलकिपर अहमेट इयुप तुर्कासलानले भूकम्पमा परी ज्यान गुमाएका छन्। उनको चिरशान्तिको कामना’, क्लबले भनेको छ, ‘हामी तपाईंलाई कहिल्यै बिर्सने छैनौं।’ २८ वर्षीय तुर्कास्लान २०२१ मा क्लबमा आवद्ध भएका थिए।
बगसास्पोर, ओस्मानलिस्पोर, उमरानीएस्पोर र येनी मालत्यास्पोर गरी तुर्कास्लानले आफ्नो सम्पूर्ण करियर टर्की क्लबहरूमा बिताएका छन्। भग्नावशेषबाट जोगिएकी उनकी श्रीमती कुब्रा तुर्कासलान बाँचेकी छन्।
भुकम्पमा परी हालसम्म सिरिया र टर्कीमा गरेर करिब ८ हजार व्यक्तिले ज्यान गुमाइसकेका छन्।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया