

म्यानमारमा सङ्कटकाल थप ६ महिना लम्बियो


एजेन्सी
म्यानमारको सैन्य सरकारले सङ्कटकालीन अवस्थालाई थप ६ महिना बढाएको छ । देशको सङ्कटकालीन अवस्थालाई थप ६ महिना लम्ब्याउन राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले सहमति जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको सरकार अपदस्थ भएपछि म्यानमारमा सङ्कटकाल लागू भएको थियो । सैन्य सरकार अर्थात् जुन्ताका प्रमुख मिन आङ ह्लाइङले आपत्काललाई लम्ब्याउन गरेको आग्रहलाई स्वीकार गरिएको खबरमा उल्लेख छ ।
म्यानमारमा सैन्य ‘कू’ पछि जुन्ता सरकारविरूद्ध देशभर भएका प्रदर्शनमा झण्डै दुई हजार सात सयले ज्यान गुमाएका छन् भने सयौँलाई पक्राउ गरी थुनामा राखिएको छ । सैन्य सरकारको हिरासतमा रहेकी नेतृ सुकीलाई विभिन्न मुद्दामा ३३ वर्षको जेल सजाय तोकिएको छ ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया