

भेरी अस्पतालको हेमो डायलाईसिस कक्ष मन्त्री गिरीबाट उद्घाटन

काठमाडौँ । नेपालगन्जस्थित भेरी अस्पतालको हेमो डायलाईसिस कक्ष सुरु गरिएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले हेमो डायलाईसिस कक्षको उद्घाटन गरेका हुन् । मन्त्री गिरी नेपालगञ्जमा दादुरा फैलिएको क्षेत्रमा अवलोकन गर्न बाँके पुगेका छन् । कक्षको उद्घाटन गर्दै मन्त्री गिरीले डायलाइसिस सेवा लिइरहेका ५२ वर्षीय बिरामी रविन्द्र श्रेष्ठलाई फुलको गुच्छा दिएर स्वास्थ लाभको कामना गरे । नयाँ हेमो डायलाइसिस कक्षमा ६ जनाको क्षमता रहेको छ । कक्षको उद्घाटन गर्दैै मन्त्री गिरी सिमित स्रोत साधनका बाबजुद पनि भेरी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको बताए ।
उनले भने, ‘भौतिक पूर्वाधार न्यूनतम सेवा हुँदा पनि अधिकतम सेवा प्रदान गर्नु निकै उल्लेखनीय छ ।’ कार्यक्रममा सरकारको प्रमुख प्राथमिकता सम्पूर्ण नेपाली जनतालाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चत गर्नु भएको उनले बताए । गरिब र विपन्न क्षेत्रका जनतालाई प्राथमिकतामा राखेर तदारुकताका साथ काम गर्ने उनको जिकिर थियो ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया