

भेरी अस्पतालको हेमो डायलाईसिस कक्ष मन्त्री गिरीबाट उद्घाटन



काठमाडौँ । नेपालगन्जस्थित भेरी अस्पतालको हेमो डायलाईसिस कक्ष सुरु गरिएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले हेमो डायलाईसिस कक्षको उद्घाटन गरेका हुन् । मन्त्री गिरी नेपालगञ्जमा दादुरा फैलिएको क्षेत्रमा अवलोकन गर्न बाँके पुगेका छन् । कक्षको उद्घाटन गर्दै मन्त्री गिरीले डायलाइसिस सेवा लिइरहेका ५२ वर्षीय बिरामी रविन्द्र श्रेष्ठलाई फुलको गुच्छा दिएर स्वास्थ लाभको कामना गरे । नयाँ हेमो डायलाइसिस कक्षमा ६ जनाको क्षमता रहेको छ । कक्षको उद्घाटन गर्दैै मन्त्री गिरी सिमित स्रोत साधनका बाबजुद पनि भेरी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको बताए ।
उनले भने, ‘भौतिक पूर्वाधार न्यूनतम सेवा हुँदा पनि अधिकतम सेवा प्रदान गर्नु निकै उल्लेखनीय छ ।’ कार्यक्रममा सरकारको प्रमुख प्राथमिकता सम्पूर्ण नेपाली जनतालाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चत गर्नु भएको उनले बताए । गरिब र विपन्न क्षेत्रका जनतालाई प्राथमिकतामा राखेर तदारुकताका साथ काम गर्ने उनको जिकिर थियो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया