

लुम्बिनी प्रदेशको सभामुखमा घर्ती र उप सभामुखमा खाण निर्विरोध निर्वाचित

कपिलवस्तु । लुम्बिनी प्रदेशसभाको सभामुख पदमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगर निर्विरोध निर्वाचित भएका छन् भने उप सभामुखमा राप्रपाकी मेनुका खाण केसी निर्विरोध निर्वाचित भएकी छन् ।
प्रदेशसभामा निर्वाचन कार्यतालिका अनुसार सोमबार भएको उम्मेदवारी दर्तामा सभामुख पदमा घर्तीको एकल उम्मेदवारी परेको थियो तर उप सभामुख पदमा भने नेपाली कांग्रेस र राष्ट्रिय उन्मुक्ति पार्टीले पनि उम्मेद्धारी दर्ता गराएका थिए । आज भने कांग्रेस र उन्मुक्ति पार्टीका उम्मेद्धारले आफ्नो उम्मेद्धारी फिर्ता लिएसँगै उप सभामुख पनि निर्विरोध बनेको हो ।
प्रदेश सभामुखका उम्मेद्धार घर्तीलाई सभामुख पदमा निर्वाचित गर्न नेकपा एमालेका प्रदेशसभा सदस्य भूमिश्वर ढकाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका आशिषकुमार चौधरी समर्थक रहेका थिए ।
प्रदेशसभाको आजको बैठकमा कार्यसूचीअन्तर्गत सभाका ज्येष्ठ सदस्यले सभामुख पदमा घर्तीमगर निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । संविधानको धारा १८२ को उपधारा १ बमोजिम सभामुख पदमा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुख निर्वाचित गर्नुपर्ने व्यवस्था रहेको छ ।
नवनिर्वाचित सभामुख घर्तीले आफूले सबैको सहयोग र सहकार्यबाट प्रदेशसभालाई अघि बढाउने बताए । उनले प्रदेशमा आवश्यक कानून निर्माणका लागि सबै पक्षसँग आवश्यक छलफल गरी अघि बढ्ने बताए ।


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया