

लुम्बिनी प्रदेशको सभामुखमा घर्ती र उप सभामुखमा खाण निर्विरोध निर्वाचित



कपिलवस्तु । लुम्बिनी प्रदेशसभाको सभामुख पदमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगर निर्विरोध निर्वाचित भएका छन् भने उप सभामुखमा राप्रपाकी मेनुका खाण केसी निर्विरोध निर्वाचित भएकी छन् ।
प्रदेशसभामा निर्वाचन कार्यतालिका अनुसार सोमबार भएको उम्मेदवारी दर्तामा सभामुख पदमा घर्तीको एकल उम्मेदवारी परेको थियो तर उप सभामुख पदमा भने नेपाली कांग्रेस र राष्ट्रिय उन्मुक्ति पार्टीले पनि उम्मेद्धारी दर्ता गराएका थिए । आज भने कांग्रेस र उन्मुक्ति पार्टीका उम्मेद्धारले आफ्नो उम्मेद्धारी फिर्ता लिएसँगै उप सभामुख पनि निर्विरोध बनेको हो ।
प्रदेश सभामुखका उम्मेद्धार घर्तीलाई सभामुख पदमा निर्वाचित गर्न नेकपा एमालेका प्रदेशसभा सदस्य भूमिश्वर ढकाल प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका आशिषकुमार चौधरी समर्थक रहेका थिए ।
प्रदेशसभाको आजको बैठकमा कार्यसूचीअन्तर्गत सभाका ज्येष्ठ सदस्यले सभामुख पदमा घर्तीमगर निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । संविधानको धारा १८२ को उपधारा १ बमोजिम सभामुख पदमा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुख निर्वाचित गर्नुपर्ने व्यवस्था रहेको छ ।
नवनिर्वाचित सभामुख घर्तीले आफूले सबैको सहयोग र सहकार्यबाट प्रदेशसभालाई अघि बढाउने बताए । उनले प्रदेशमा आवश्यक कानून निर्माणका लागि सबै पक्षसँग आवश्यक छलफल गरी अघि बढ्ने बताए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया