

को हुन् ३५ वर्षदेखि जहाज उडाउँदै आएका पाइलट कमल केसी ?



काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६८ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि गएको यती एयरलाइन्सको विमान उडाउने चालक थिए पोखराका कमल केसी । केसी शालीन, भद्र स्वभाव भएका लामो अनुभव सँगालेका चालक हुन् ।
उनले आफ्नो उमेरको दुई तिहाइ समय आकाशमै बिताए । जीवनको ३५ वर्ष विमान उडाए । हजारौँ घण्टा आकाशमा उडे।
एक पटक पनि सामान्य दुर्घटनासम्ममा नपरेका चालक केसीका लागि आइतबारको दिन जीवनकै पहिलो दुर्घटना थियो । यही नै उनको जीवनको अन्तिम र कहिल्यै फिर्ता नहुने दुर्घटनाको दिन भइदियो ।
विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आइतबारको छैटौँ नम्बरको तालिकामा थियो । केसीका सहकर्मीहरूका अनुसार ३५ वर्षअघि सन् १९८८ मा नेपाल वायुसेवा निगममा सहचालकबाट चालकको करियर सुरु गरेका उनी सधैँ उड्डयन नियम अक्षरशः पालना गर्ने राम्रो पाइलट थिए ।
यो खबर आजको राजधानी दैनिकमा छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया