

साना किसान जगदीशपुरको छैठौँ साधारणसभा सम्पन्न



रामबहादुर गन्धर्व, कोपवा । साना किसान कृर्षि सहकारी संस्था लि.निग्लिहवा कपिलवस्तु नगरपालिका ९ जगदीशपुर क.ब.को छैठौं साधरणसभा सम्पन्न भएको छ । सम्पन्न साधारणसभालाई उद्वघाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीले जगदीशपुर र निगालीकोटलाई महत्त्वपूर्ण पर्यटकीय स्थलको रूपमा बिकास गर्न सकिने बताउनुभयो । उहाँले सहकारीको पुँजीलाई उद्यमशीलता सँग जोडन सकेमा कृर्षि क्षेत्रमा आत्मनिर्भर बन्न सकिने र सरकारले यस क्षेत्रको विकासमा काम गर्न प्रक्रिया थालिसकेको बताउनुभयो ।
त्यस्तै ःलघुवित्त वित्तीय संस्था बुटवलका प्रबन्ध निर्देशक गणेश पोख्रेलले संस्थाको सफलताको शुभकामना दिएका थिए। शुक्रबार भएको कार्यक्रमका बिच संस्थाकि अध्यक्ष सशिकला मौर्यले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा कुल १ हजार ४ सय ३६ जना सदस्य आवद्व रहेको बताउदै संस्थाको वास्तविक आय व्ययको अवस्था ७ करोड ५८ लाख ८७ हजार ८२ रूपिया रहेकोमा आ .ब.०७९÷८०को ११ करोड ५२ लाख ३३ हजार ८३ रूपिया लक्ष्य रहेको जानकारी दिइन।
त्यस्तै लेखा समिति संयोजक रामहित चौहानले लेखा प्रतिवेदन पेश गर्दै संस्थाको खुद नाफा ३१ लाख ९ हजार ५ सय २ रूपिया रहेको बताउदै संस्थामा कुल २० करोड ६४ लाख ३४ हजार ८० रूपिया बराबरको आयव्याय सार्वजनिक गरेका छन् ।
यसै बिच संस्थाले विभिन्न पेशा ,व्यवशायमा सफल एवम् उत्कृष्ट किसानहरूलाई नगद सहित मायाको चिनो , भिटामिन लगाएत विभिन्न सामग्री प्रदान गरेको छ। साथै नवनिर्वाचित प्रमुख सहित विभिन्न वडाका जनप्रतिनिधि ,सहयोगी संस्थाहरूलाई दोसल्ला तथा सम्मानपत्रले सम्मान समेत गरेको छ।
संस्थाका शेयरसदस्य, स्थानीय समाजसेवी , जनप्रतिनिधि विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी पत्रकार लगाएतको बाक्लो उपस्थिति रहेको कार्यक्रममा कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल , मोतिपुर साना किसानका अध्यक्ष भिमप्रसाद सापकोटा, ९ न.वडाका अध्यक्ष दिपक गुरूङको बिशिस्ट आतिथ्यता रहेको थियो । कार्यक्रम संस्थाकि पुर्व उपाध्यक्ष कमला आचार्य पौडेलको स्वागत मन्त्व्य र व्यस्थापक बसन्त मुराउको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो






प्रतिक्रिया