

पाल्पामा बस दुर्घटना ६ जनाको मृत्यु , १६ जना घाइते


पाल्पा: पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, खुर्सानेमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
१६ जना घाइते भएका छन्। गएराति १० बजे रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गइरहेको ग १ ख ४९७७ नम्बरको यात्रुवाहक बस बुढीदमारमा दुर्घटना भएको वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए। बस सडकबाट ५० मिटर तल भिरमा खसेको र रातको समय जंगल क्षेत्रमा दुर्घटना भएका उनले बताए।
मृत्यु हुनेमा सबै महिला छन्। मृत्यु हुनेमा वर्ष ५४ की खीमकुमारी राना, वर्ष ११ की सरुमाया घिमिरे, वर्ष ३३ निर्मला घिमिरे, वर्ष ४५ कि बुनु गाहा, वर्ष २१ की दान कुमारी घिमिरे र वर्ष १९ कि बिना पाण्डे रहेका छन्। घाइते सबैलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया