

घनश्याम भुसाललाई नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने


काठमाडौं
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेता घनश्याम भुसाललाई पार्टीमा आउन आग्रह गरेका छन् ।
बुधबार भुसालसँग नेपालले कोटेश्वरस्थित आफ्नै निवासमा बोलाएर पार्टी प्रवेश गर्न आग्रह गरेको खबर अन्नपूर्ण पोष्टले लेखेको छ ।
भुसाल आम निर्वाचन अघि एमाले छाडेका नेता हुन् । एमाले विभाजन अघि भुसाल माधव नेपाल निकट नै मानिन्थे ।
एमालेले टिकट नदिएपछि भुसालले पार्टी परित्याग गर्दै रुपन्देही १ मा स्वतन्त्र उम्मेदवार बनेका थिए।
नेपालले भुसालसँगको छलफलमा आफूहरूसँगै अगाडि बढ्न प्रस्ताव गरेको स्रोतले बतायो। तर भुसालले नेपाललाई के जवाफ दिए भन्ने खुलेको छैन ।
राम्रो पोर्टफोलियोमा बसेर काम गर्न नेता भुसाललाई अध्यक्ष नेपालले प्रस्ताव गरेको स्रोतको भनाइ छ।
स्वतन्त्र उम्मेदवार भुसाललाई कांग्रेस नेतृत्वको गठबन्धनले समर्थन गरे पनि एमालेका छबिलाल विश्वकर्मासँग पराजित भएका थिए।
भुसालले एमालेभित्र फरक मत राख्दै आएका थिए। माधव नेपाल एमालेबाट अलग भएपछि भुसाललगायत नेताहरू नेपालसँगै आउने कुरा भए पनि अन्तिम समयमा भुसाल एमालेमै बसेका थिए।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया