

कपिलवस्तुका उद्योगीले दिए प्रशासन अगाडी धर्ना



कपिलवस्तु । राष्ट्र बैङ्कद्धारा जारी चालु पुँजि कर्जा निर्देशिका २०७९ का विरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको कपिलवस्तु उद्योग बाणिज्य संघले मंगलबार प्रशासन कार्यालय अगाडी कालोपट्टी बाँधेर धर्ना दिएको छ ।
इलाका प्रशासन कार्यालय बाणगंगामा पुगेर संघमा आवद्ध उद्योगी, व्यवसायीले प्रशासनको गेटमै आफ्ना माग पूरा हुनुपर्ने कामसहित पलेठी कसेर सरकारको विरोध गरेका छन् । निधारमा कालोपट्टी बाँधेर प्रशासनमा पुगेका व्यवसायीले सरकारले आफूहरुका माग तत्काल सुनुवाई गर्नुपर्नेमा जोड दिए । संघर्षका कार्यक्रम अन्तरगत आइतबार प्रदर्शन र हस्ताक्षर संकलन भएको थियो भने सोमबार मात्र संघले बाणगंगा क्षेत्रका बैंकर र जनप्रतिनिधिसंग अन्तरक्रिया गरेको थियो ।
कपिलवस्तुका उद्योगी व्यवसायीले बैङ्कहरुले मनोमानी रुपमा बढाएको ब्याजदर तिर्न नसक्ने चेतावनी दिएका छन् । कोरोनापछि ब्यवसाय उठ्न लागेको बेला बैङ्कले डबल ब्याजदर बढाएर ब्यवसायीलाई आतंकित गराउने गरेको, दिनदिनै फोन गर्दै धम्क्याउने गरेको लगायतका हर्कत तत्काल बन्द हुनुपर्ने संघका अध्यक्ष डोलकराम घिमिरेले बताए ।
देशभरका ब्यवसायी अहिले रहरले, तिर्न नसकेर नभएर बैङ्कहरु विरुद्ध बाध्य भएर आन्दोलनमा उत्रनु परेको व्यवसायीको भनाई छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया