

कृषिप्रधान देश नेपालमा सिजनमै ५ अर्बको धान आयात



वीरगन्ज
धानको सिजनमा नै कृषिप्रधान देशको एउटा भन्सार नाका हुँदै ५ अर्बको धान आयात भयोभन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, यो वास्तविकताले हाम्रा नेता तथा शासकलाई जिस्काइरहेको छ ।
सानो भूगोल भएर पनि प्रकृतिले अन्न उत्पादनको भण्डार सुम्पिएको मुलुक नेपालमा गएको २ महिना ९१५ कात्तिकदेखि १५ पुससम्म०को अवधिमा त्यति धेरै मूल्यको धान आयात भएको हो । यस्तो वास्तविकता भए पनि यसले शासकलाई बिझाउने गरेको छैन । यो उनीहरूको गैरजिम्मेवारपनको नमुना हो ।
४ दशक पहिले अन्न निर्यात गर्ने कृषिप्रधान देशका किसानले अहिले भकारीमा धान भित्र्याउने समयमा व्यापारीले पो विदेशबाट गोदाममा धान चामल भित्रुयाइरहेको दुखद दृश्य देख्ने गरिन्छ । मुलुकको प्रतिष्ठामा आँच पुग्नेगरी धानको सिजनमा नै ४ अर्ब ९७ करोड ११ लाख २९ हजारको धान मुलुकको प्रमुख भन्सार नाकाबाट मात्र भित्रिएको तथ्यांकले पुष्टि गरेको छ ।
यो सब देश हाँक्ने अदूरदर्शी नेतृत्वको कमजोरीका कारण भएको स्थानीयको आरोप छ । किसानको भकारीमा भन्दा पनि व्यापारीको गोदाममा सिजनमा नै ५ अर्ब जतिको धान आयात हुनु विडम्बना भएको स्थानीय शैलज अधिकारीले बताए । ‘मुलुक हाँक्ने व्यक्तिलाई लाज भइदिने हो भने कृषिप्रधान देशको यो अवस्था हुने थिएन,’ उनले भने ।
यो खबर आजको राजधानी दैनिकमा छ ।


खबर सबै
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने











प्रतिक्रिया