

अर्काे वर्षको दशैं एक महिना ढिलो


काठमाडौं
अब आउने दशैं अर्थात् २०८० सालको दशैं र तिहार एक महिनापछि सर्ने भएको छ । पञ्चाङ्ग निर्णायक समितिले तयार गरेको २०८० सालको पात्रोमा साउन एक महिना मलमास परेकोले दशैं एक महिना पर सरेको हो । समितिको मंगलबार बसेको बैठकले पात्रो तयार गरी पञ्चाङ्ग निर्णायक समितिका सदस्यलाई पात्रो उपलब्ध गराएको थियो ।
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले आउँदो वर्षको साउनपछिका पर्व १९ दिनपछि परेको जानकारी दिँदै भन्नुभयो– ‘पात्रो तयारीको क्रममा छ । निर्णय भएपछि सबै विषयमा जानकारी दिनेछौं ।’ समितिले करिब १५ संस्थालाई पात्रो छपाई गर्न स्वीकृत दिने तयारी गरेको छ । कार्यकारी निर्देशक ढुंगेलले केही दिनभित्र पात्रो बजारमा आउने जानकारी दिँदै भन्नुभयो–‘एक दुई दिनमा निर्णय गर्नेछौं, त्यसपछि छपाइका लागि स्वीकृत दिनेछौं ।
वि.सं. २०८० सालमा दशैंको पहिलो दिन घटस्थापना कार्तिक २८ गते परेको छ । कार्तिक ४ गते फूलपाती, ५ गते महाअष्टमी, ६ गते महानवमी र ७ गते विजया दशमी परेको छ । त्यस्तै, कार्तिक ११ गते कोजाग्रत पूर्णिमा परेको समितिका एक पञ्चाङ्गकारले बताए । अर्को पर्व तिहार कार्तिक २५ गतेबाट सुरू हुनेछ । २५ गते काग तिहार, २६ गते कुकुर तिहार र लक्ष्मीपूजा, २७ गते गाई तिहार , २८ गते म्हपूजा, नेपालसम्वत् र गोवर्धन पूजा र २९ गते भाइटीका परेको छ । आजको नेपाल समाचारपत्र दैनिकबाट


खबर सबै
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो






प्रतिक्रिया