

वाणगंगा नगरपालिका : शिक्षा प्रमुख बिहिन, शैक्षिक गुणस्तरमा प्रभाव


कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकामा शिक्षा शाखा प्रमूख बाबुराम भट्टराईले अवकास लिएपछि उक्त पदमा नयाँ शाखा प्रमूख हाजिर नहुँदा शाखा अधिकृत खिमबहादुर जि.सीले नै शाखा प्रमूख हाकिँराखेका छन् । यस अघि बाणगंगा नगरपालिकामा शिक्षा शाखा प्रमूखको रुपमा नेपाल सरकारको उप सचिव (अधिकृत स्तरको दशौँ तह) का बाबुराम भट्टराई रहेका थिए । उनले २०७९ बैशाख ५ गते अवकास लिएपछि त्यस यता नगरपालिकाले शिक्षा शाखा प्रमूख ल्याउन सकेको छैन ।
नगरपालिकामा शिक्षा शाखा प्रमूख नहुँदा शाखा अधिकृतले कामकाज गर्दै आएका छन् । जसका कारण नगर भित्रका शिक्षा क्षेत्रको कामकाज र विद्यालय अनुगमन तथा शैक्षिक गुणस्तरमा समेत प्रभाव परेको जानकारहरु बताउँछन् । शाखा प्रमूख रहेका भट्टराइले अवकास लिएपछि बाणगंगाको शिक्षा क्षेत्रमा विभिन्न खाले अन्यौल र विवादहरु पनि रुमलिएका छन् । उनको अवकास पछि नयाँ शाखा प्रमूख ल्याउने विषयमा बाणगंगामा राजनितिक खिचातानी र कर्मचारीहरु भित्र आफ्नो सेटिब मिलाउने षड्यन्त्र भइरहेको आरोप छ ।
अवकास लिईसकेका शाखा प्रमुख भट्टराईले करिव ८ महिना सम्म पनि प्रमुखले जिम्मेवार नलिदा नागरिकमा अनेक शंका उब्जिएको र शैक्षिक गुणस्तरमा समेत प्रभाव परेको बताएका छन् ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया