

लुम्बिनीमा प्रदेश प्रमूखले गराउने भए नयाँ सासंदलाई शपथ



बुटवल ।
लुम्बिनी प्रदेशसभाका सबै सदस्यलाई प्रदेश प्रमुखले नै एकसाथ शपथ गराउने भएका छन् । अन्य प्रदेशमा ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले शपथ गराउने र बाँकी सदस्यलाई ज्येष्ठ सदस्यले शपथ गराउने तयारी भइरहँदा लुम्बिनी प्रदेशमा भने प्रदेशसभाका सबै सदस्यलाई प्रदेश प्रमुखले नै सामुहिक रुपमा शपथ गराउने तयारी भएको हो ।
लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को ४ को अनुसूची १ ढाँचा अनुसार सबै सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउने तयारी भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले बताए ।
२०७४ सालमा भने ज्येष्ठ सदस्य बलदेव पोखरेलले अन्य सदस्यलाई शपथ गराएका थिए । प्रदेशसभाको पहिलो कार्यकालमा भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा बनेको समितिले उक्त नियमावलीमा प्रदेशसभाका सबै सदस्यलाई प्रदेश प्रमुखले नै शपथ गराउने उल्लेख गरेका कारण सोही अनुसार तयारी थालिएको पुनले बताए ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनका स्वकीय सचिव नारायण आचार्यले पनि नियमावली अनुसार नै प्रदेश प्रमुख शेरचनले सबैलाई शपथ ग्रहण गराउने योजना रहेको बताए ।
उनले भने, ‘केही छुटपुट र पछि उपनिर्वाचनमा जितेर आउनेलाई प्रदेशसभामा सभामुखले शपथ ग्रहण गराउने छन् । तर अहिले सबैलाई प्रदेश प्रमुखले नै शपथ गराउने नियमावलीमा उल्लेख छ । त्यस अनुसार नै यहाँ शपथ ग्रहण हुन्छ ।’
लुम्बिनी प्रदेशका ८७ जना सदस्यलाई शपथ ग्रहण गराउनु अगाडि लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको पहिलो बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष आग्रह गर्नेछ । सोही अनुसार पहिलो बैठक बस्नु अघि प्रदेश प्रमुखले सांसदहरुलाई शपथ गराउने छन् ।
तर अहिलेसम्म प्रदेशसभाको बैठक कहिले बस्ने भन्ने टुङ्गो लागेको छैन । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले बैठक अझै निश्चित नभएको बताए । तर अन्य कामहरू हेर्दा सम्भवतः पुस १९÷२० गतेतिर बैठक आह्वान हुन सक्ने उनले बताए ।
ज्येष्ठ सदस्य भुसालले पहिलो बैठकको अध्यक्षता गर्ने
सभामुखको चयन नहुँदासम्म प्रदेशसभा बैठकको अध्यक्षता ८७ जना सदस्यमध्ये ज्येष्ठ सदस्यका रूपमा रहेका डिल्लीराज भुसालले गर्ने छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा भुसालको जन्म मिति २०१० साल जेठ ७ गते उल्लेख छ । भुसाल यसअघि गुल्मीको रेसुङ्गा नगरपालिकाको मेयर थिए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया