
कपिलवस्तुमा झारफुकको बहानामा जबरजस्ती करणी गर्ने धामी पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा झारफुकको बहाना गरी जवरजस्ती करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजनलाई प्रहरीले पक्राउ गरेको हो ।
हरिजनले यहि मंसिर २० गते २७ वर्षीय एक युवतीलाई झारफुक गर्ने निहुँमा जवरजस्ती करणी गरी फरार भएका थिए । पीडित युवतीको जाहेरीपछि हरिजनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । बिरामी रहेकी ती युवतीलाई हरिजनले रातको समयमा झारफुक गरे ठीक हुने भन्दै जवरजस्तीकरणी गरेको पीडित युवतीले जाहेरीमा उल्लेख गरेकी छन् ।
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिपकबाबु केसीका अनुसार पक्राउ परेका हरिजन लामाधामी गर्दै आएका व्यक्ति हुन् । झारफुक गरेर रोग निको गरिदिने बहानामा हरिजनले जवरजस्ती करणी गर्न खोज्दा युवतीले उजुरी गरेकी हुन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया