

लुम्बिनी प्रदेशको राजधानी दाङबाट औपचारिक कार्यसञ्चालन भएको घोषणा

कपिलवस्तु । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले स्थायी राजधानी दाङको भालुवाङमा आधुनिक शहरको निर्माणका लागि सुनौलो अवसर प्राप्त भएको बताएका छन् ।
प्रदेश राजधानीबाट औपचारिक कार्यसञ्चालन भएको घोषणा गर्न आयोजित कार्यक्रममा झण्डोत्तोलनपछि बोल्दै प्रमुख शेरचनले केही ठाउँ र केही जनताले मात्रै प्राप्त गर्ने दुर्लभ अवसर देउखुरीवासीले प्राप्त गरेको उल्लेख गरे ।
आर्थिक तथा सामाजिक रूपले पछाडि परेको देउखुरीमा स्थायी राजधानीको व्यवस्थापनसँगै आधुनिक शहर निर्माणका लागि जनताले साथ दिनुपर्नेमा जोड दिए ।
‘यहाँ वैज्ञानिक शहरको निर्माण हुनेछ । वैज्ञानिक भवनहरू बन्ने छन् । शिक्षा र स्वास्थ्यमा क्रमशः आधुनिकताका आधारमा विकास अघि बढ्नेछ,’ शेरचनले भने, ‘यसका लागि सरकारसँगै यहाँका जनताको ठूलो साथको आवश्यकता छ ।’
प्रदेश प्रमुख शेरचनले संघीयताको कार्यान्वयनका लागि तत्कालीन प्रदेशको नाम तथा स्थायी राजधानी तोक्ने तत्कालीन सरकार तथा तत्कालीन सांसदहरूलाई समेत धन्यवाद ज्ञापन गरे । देउखुरीमा स्थायी राजधानी तोकिएसँगै अस्वाभाविक रूपमा यहाँको जग्गाको मूल्य वृद्धि भएकोप्रति सचेत गराउँदै उनले त्यसको नियन्त्रण गर्नुपर्ने उल्लेख गरे ।


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया