

‘न्याय प्रणाली चरम राजनीतीकरणको सिकार’



काठमाडौँ
मुद्दा चलाउने र फिर्ता लिने मामिलाले संविधान र कानुनको प्रत्याभूति हुनुको सट्टा न्याय प्रणाली केटाकेटीको खेलौनाजस्तो भई चरम राजनीतीकरणको सिकार हुने सर्वोच्च अदालतको ठहर छ। अधिवक्ता गोपीबहादुर भण्डारीको मुद्दामा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशहरू कल्याण श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्कीको संयुक्त इजलासले २०६९ वैशाख ५ मा गरेको फैसलाले राजनीतिक सहमतिमा मुद्दा फिर्ता लिँदा न्याय प्रणाली चरम राजनीतीकरणको सिकार हुन सक्ने व्याख्या गरेको छ।
‘सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेमा अभियोजनले सार्थकता गुमाउने र कार्यपालिकाको निर्णयले प्रधानता प्राप्त गर्न सक्ने स्थिति आउने,’ नजिरमा उल्लेख छ, ‘बीचबीचमा राजनीतिक वा अन्य सौदा गरी दाबी नै परित्याग गर्ने हो वा गर्न दिने हो भने पीडित र राज्यबीचको सम्बन्ध मैत्रीपूर्ण र न्यायपूर्ण हुन सक्दैन।’ कर्तव्य ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भई जेल सजाय भोगिरहेका रेशमलाल चौधरीको सजाय माफी मिनाहाका लागि सरकारले संविधान र कानुनको बर्खिलाप गर्दै अध्यादेश ल्याए पनि छुटाउन सक्ने देखिँदैन। संविधान, कानुन र सर्वोच्च अदालतको नजिरले मुद्दा फिर्ता हुन नसक्ने देखिन्छ।
‘मुद्दा चलाउँदा प्रचलित कानुनबमोजिम चलाउने अनि फिर्ता भने राजनीतिक सहमतिका आधारमा गर्ने हो र न्याय र कानुनको तत्वको आवश्यकता नदेखाउने हो भने फौजदारी न्याय प्रणाली चरम राजनीतीककरणको सिकार हुन सक्ने,’ फैसलामा भनिएको छ। राजनीतिक सहमतिका कारण कानुनी राज्यको अभीष्ट सहजै परास्त हुन सक्ने जोखिम सिर्जना हुन जाने सर्वोच्चको व्याख्या छ। मुद्दामा अभियोजन गरेपछि न्यायिक प्रक्रियाबाट सफाइ लिन पाउने अभियुक्तको पनि अधिकार हो। वैध उपायको उपेक्षा गरेर मुद्दाको प्रक्रियालाई पन्छाउने र उन्मुक्ति खोज्ने प्रक्रियामा जाँदा न्यायमा समानताको मार्गमा अवरोध हुन सक्ने हुँदा मुद्दा फिर्ता लिने प्रक्रियामा निकै सतर्कता अपनाउनुपर्ने सर्वोच्चको व्याख्या छ। याे खबर नागरिक दैनिकमा छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया