
अर्घाखाँचीमा सादा पोसाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा सादा पोसाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका ५ बागीका २० वर्षीय दीपक केसीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मुकुन्द भण्डारीले जानकारी दिनुभयाे ।
उनीहरूले सन्धिखर्क नगरपालिकाकाे बसपार्क क्षेत्रमा रक्सी खाएर त्यस वरपरका होटल तथा पसलमा प्रहरी हौँ भन्दै जाँच गर्ने गरेका थिए । साथै उनीहरूले स्थानीयवासीलाई डर देखाउँदै गालीगलाैज तथा अभद्र व्यवहार गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया