

चुनावी आचारसंहिता हटेलगत्तै दाङमा मुख्यमन्त्री कार्यालय उद्घाटनको तयारी





दाङ । चुनावी आचारसंहिता सकिए लगत्तै दाङको देउखुरीमा मुख्यमन्त्री कार्यालयको उद्घाटन हुने भएको छ। यसअघि राप्ती प्राविधिक शिक्षालय रहेको परिसरमा मुख्यमन्त्री कार्यालय र निवास, प्रमुख सचिव निवास र अन्य केही मन्त्रालयहरु तयार गरिएको छ ।
सामानहरु सार्न भन्दा केही दिनअघि देखि नै मुख्यमन्त्री कुलप्रसाद केसी दाङमा छन्। कार्यालयको कामकाज समेत उतैबाट गरिरहेका छन्। मुख्यमन्त्री कार्यालयका कर्मचारीहरु दाङ र बुटवल दुवैतिर कार्यरत छन्। कतिपय कर्मचारी जाने आउने गरिरहेका छन्।
चुनावी आचारसंहिता हटेलगत्तै मुख्यमन्त्री कार्यालय औचारिक रुपमा सुरु गरिने मुख्यमन्त्री कार्यालयका सचिव तथा प्रवक्ता नरेन्द्रकुमार रानाले बताए। ‘अहिले कोही यता कोही उताबाट काम काम गरिरहेका छौं। जाने आउने पनि भइरहेको छ’ उनले भने, ‘यहाँ कार्यालयका धेरै जसो सामानहरु सारिसकेका छौं। आचारसंहिता हटेको दिन मुख्यमन्त्री कार्यालय उद्घाटन भएर त्यहीबाट कामकाज सञ्चालन हुन्छ।’
यही मंसिर ४ गतेको संसदीय निर्वाचनको लागि असोज १२ गतेदेखि आचारसंहिता जारी भएको थियो। निर्वाचन आयोगले अन्तिम परिणाम सार्वजनिक गरेपछि आचारसंहिता हट्ने छ। आचारसंहिता हटेसँगै देउखुरीमै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठक बस्ने प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री तिलकराम शर्माले बताए।
‘आचारसंहिता सकिए लगत्तै मुख्यमन्त्री कार्यालय पनि औपचारिक रुपमा सञ्चालनमा आउँछ। उहाँको निवास पनि यतै बन्यो’ उनले भने, मुख्यमन्त्री कार्यालय उद्घाटन भएलगत्तै दाङमै मन्त्रिपरिषद बैठक बस्छ।’
नयाँ सरकार गठन हुनु अगाडि बस्ने मन्त्रिपरिषद बैठकले मुख्य गरेर प्रदेश प्रमुख मार्फत प्रदेश सभाको अधिवेशन आह्वान गर्ने छ।
मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले मुख्यमन्त्रीको कार्यलयको अधिकांश कक्ष तयार भइसकेको बताए। मुख्यमन्त्रीको कार्यकक्षसँगै प्रमुख सचिव र सचिवहरुको कार्यकक्ष तथा मन्त्रिपरिषद बैठक कक्ष पनि बनिसकेको जानकारी दिए।
यस्तै, राप्ती प्राविधिक शिक्षालयको परिसरमा अन्य मन्त्रालय र देउखुरीमै प्रदेश सभा भवन निर्माणको काम पनि अन्तिम चरणमा छ। प्रदेश सभा सदस्यहरुको सपथ पनि दाङमै गर्ने तयारी छ।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया