

हरेक खेलमा चार्ज गर्नुपर्ने फिफा विश्वकपको प्रविधियुक्त फुटबल



काठमाडौं
कतारमा जारी फिफा विश्वकप फुटबल विभिन्न कुराले चर्चामा आइरहेको छ । यसपटक खेलभन्दा पनि त्यहाँ प्रयोग भएको नयाँ प्रविधि बढी चासोको विषय बनेको छ । सेमि-अटोमेटेड अफसाइड प्रविधि, बलमा प्रयोग भएको सेन्सर, अपग्रेडेड भीएआर प्रविधिले खेललाई सटिक बनाएको छ ।
यी सबै प्रविधिमध्ये अहिले चर्चामा आएको अर्को प्रविधि हो, बलमा भएको सेन्सर । यसमा प्रयोग भएको नयाँ सेन्सरले खेललाई सटिक, स्तरीय र विश्वसनीय बनाएको छ । के तपाईँलाई थाहा छ, विश्वकप फुटबलका हरेक खेलअघि उक्त बल चार्ज गरिन्छ ।
प्रयोग गरेपछि जसरी हाम्रो फोनको चार्ज सकिन्छ, त्यस्तै विश्वकपमा प्रयोग भएको फुटबलको पनि चार्ज सकिन्छ । सो फुटबलमा मोसन सेन्सर प्रयोग गरिएको हुन्छ, जसलाई पावर उपलब्ध गराउन ब्याट्री चार्ज गर्नुपर्ने हुन्छ । त्यसका लागि बल चार्जमा लगाइन्छ । बलमा प्रविधि प्रयोग गरेको यो पहिलो विश्वकप हो ।
विश्वकप फुटबलमा महत्त्वपूर्ण मानिएको अर्को कुरा हो, भीएआर प्रविधि । भीएआर भन्नाले भर्चुअल असिस्टेन्ट रेफ्री । यो प्रविधिले बलमा भएको सेन्सर, खेलाडी तथा बललाई ट्रयाक गर्ने क्यामेराबाट प्राप्त डेटा मूल्याङ्कन गर्छ । र, रेफ्रीलाई उचित निर्णय लिन सघाउँछ ।
भीएआर प्रविधिले गर्दा रेफ्री खेलाडीसँगै दौडिन छोडिसक्यो भन्दै हरेक म्याचमा फुटबल समर्थकले मजाक गर्दै आइरहेका हुन्छन् । भीएआर प्रविधिले फुटबलमा हुने अफसाइड बललाई सटिक तरिकाले क्षणभरमै थ्रीडी डायग्रामबाट देखाउँछ ।
– टेकपानाबाट साभार


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया