

पाल्पामा ३३ उम्मेदवारको भयो जमानत जफत


पाल्पा । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन अन्र्तगत पाल्पा जिल्लामा ३३ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधि सभातर्फ दुई र प्रदेश सभातर्फ चार निर्वाचन क्षेत्र रहेको पाल्पाबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका ४५ जनामध्ये ३३ जनाको जमानत जफत भएको हो ।
प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका २३ जनामध्ये चार जनाको मात्रै जमानत जोगिएको छ । १९ जनाको जमानत जफत भएको छ । यसरी जमानत जफत हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका सोमप्रसाद गैरे पनि छन् ।
गैरेले पाँच हजार ३४९ मत प्राप्त गरेका थिए । कुल खसेको मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले बताए । पाल्पा क्षेत्र नं. २ मा ६४ हजार २०३ मत खसेको थियो । यस्तै क्षेत्र नं. १ मा ५८ हजार ४९१ मत खसेको थियो ।
प्रदेशसभा सदस्यको उम्मेदवार बनेका अधिकांशको जमानत जफत भएको छ । जिल्ला निर्वाचन कार्यालय पाल्पाका अनुसार कांग्रेस, एमाले र माओवादीबाट उम्मेदवार बनेका उम्मेदवारको बाहेक अन्य सबैको जमानत जफत भएको हो ।
प्रदेशसभा तर्फको चार पदका लागि भएको निर्वाचनमा आठ जनाले मात्रै जमानत जोगाउन सफल भएका थिए । प्रदेश सभामा २३ जना उम्मेदवारमध्ये १५ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय पाल्पाका सूचना अधिकारी कल्पना पौडेलले जानकारी दिइन् ।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया