
स्थानीयसँगको झडपमा काठमाडौँ महानगरका उपरीक्षकसहित डेढ दर्जन घाइते

काठमाडौं । काठमाडौँ महानगरले थापाथलीस्थित बागमती किनारका सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थिति तनावग्रस्त बनेको छ । महानगरले सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थानीय प्रतिकारमा उत्रिएका हुन् ।
स्थानीयले ढुंगामुढा गर्दा नगर उपरीक्षकसहित डेढ दर्जन प्रहरी घाइते भएका छन् । घाइतेहरूको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ । महानगरले सुकुम्वासी बस्ती हटाउन नगर प्रहरी परिचालिन गरेपछि स्थानीयले ढुंगामुढा गरेका थिए । अहिले स्थानीयले टायर बालेर प्रदर्शन गरेका हुन् । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र महानगरको टोली बस्तीका एक्स्काभेटर लिएर घर टहरा भत्काउन पुगेपछि अवरोधको अवस्था सिर्जना भएको हो ।
स्थानीयले घरेलु हतियार, इँटा ढुंगा लिएर प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले स्वतन्त्र भनेर बालेनलाई भोट दिएको भएपनि उनले आफुहरुको घरनै भत्काएको आरोप लगाएका छन् । प्रदर्शनकारीहरुले बालेनविरुद्ध नाराबाजी समेत गरेका छन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया