

गुल्मी –२ को मतगणना बिहान ११ बजेदेखि




गुल्मी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्र्तगत गुल्मी क्षेत्र नम्बर २ को मतगणना गर्न ११ सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ । मतगणनाका लागि बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय गुल्मीमा सर्वदलीय बैठक आह्वान गरिएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत शिवबहादुर थापाले बताए ।
मतगणना गर्न जिल्लाका विभिन्न स्थानबाट जिल्ला सदरमुकाम तम्घासको रेसुङ्गा बहुमुखी क्याम्पसमा मतपेटिका राखिएको छ । गुल्मी(२ मा १ लाख ४ हजार ३२७ मतदातामध्ये ५८ हजार ७७३ मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा ५६ प्रतिशत मत खसेको थियो ।
क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभाका लागि एमालेबाट गोकर्ण बिष्ट र गठबन्धनबाट एकीकृत समाजवादीका रामकुमारी झाँक्री मुख्य प्रतिस्पर्धी मानिएका छन् । त्यस्तै प्रदेशसभा २ ९क० तर्फ एमालेबाट डिल्लीराज भुसाल र गठबन्धनबाट कांग्रेसका भुवनप्रसाद श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
प्रदेशसभा २ ९ख० मा एमालेबाट दिनेश पन्थी र गठबन्धनबाट माओवादीका बुद्धि जीसीबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया