
सरकार गठनका आ-आफ्नै दाबी

काठमाडौँ
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरामा मतदान गर्नुभएको छ। उहाँले आइतबार बिहान १० बजे डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको थियो। उहाँकी पत्नी डा. आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुभयो ।
अमरगढी समाचारदाताका अनुसार प्रधानमन्त्री देउवाले निर्वाचन नहुने भन्दै कतिपय तत्त्वले भ्रम फैलाइरहे पनि तोकिएको मितिमा निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले वाम–लोकतान्त्रिक गठबन्धनको सरकारले तोकिएको समयमा निर्वाचन गराई लोकतन्त्र र संविधानको रक्षा गरेको उल्लेख गर्दै निर्वाचनपछि देशमा समृद्धिको बाटो खुला भएको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले अहिले धेरै कुरा बोल्न नमिल्ने भन्दै निर्वाचनपछि गठबन्धनकै नेतृत्वमा सरकार गठन हुने बताउनुभयो। उहाँले आगामी तीन/चारवटा निर्वाचनसम्म गठबन्धन कायम रहने बताउँदै लामो समयसम्म सरकार सञ्चालन गर्न सके राजनीतिक स्थिरता कायम भई देश समृद्ध हुने प्रतिक्रिया दिनुभयो। याे खबर गाेरखापत्र दैनिकमा छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया