दुई घण्टा पैदल हिँडेर पनि मतदान केन्द्रमा घण्टौँ लाइनमा बस्दै मतदाता

दाङको घोराही उपमहानगरपालिका-१ को वडा कार्यालय मतदान केन्द्रमा दुई घण्टा पैदल हिँडेर मतदाताहरू मतदान गर्न आएका छन्।

आफूले रोजेको उम्मेदवारलाई जिताउन घण्टौँको बाटो छिचोल्दै उनीहरू उक्त मतदान केन्द्रमा आएका हुन्।​ करमकोट,बस्तिकोट,घर्नङवास,माले,सुकाखोला र सिरुखर्क गाउँबाट भोट हाल्न आएपछि लाइनमा बसेका छन्। दुई घण्टा हिँडेर एक घण्टादेखि लाइनमा बस्न बाध्य भएकाे ती महिलाहरूले बताएका छन्।

प्रतिक्रिया

खबर सबै