

गुल्मीमा आचारसंहिता उल्लङ्घनका १ सय २० भन्दा बढी उजुरी



गुल्मी । प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव नजिकिँदै जाँदा गुल्मीमा भने आचारसंहिता उल्लङ्घनका घटनाहरु बढ्न थालेका छन् । जिल्लामा चुनाव प्रचारप्रसारका क्रममा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुबाट आचारसंहिता उल्लङ्घन भएको भन्दै उजुरी पर्ने क्रम बढ्दै गएको हो ।
निर्वाचन आयोगले जिल्लामा आचारसंहिता उल्लङ्घन गरे वा नगरेको विषयमा अनुगमन गर्न कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक छविन्द्र बेल्वासेलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको छ । बेल्वासेका अनुसार गुल्मीमा लिखित र मौखिक गरी १ सय २० भन्दा बढी उजुरी परेको छ। उहाँले मौखिक १ सय ४ र लिखित रुपमा १६ वटा उजुरी परेका जानकारी दिनुभयो ।
उजुरीहरुमा जनप्रतिनिधिहरु आफ्नै पालिकामा प्रचारप्रसारमा संलग्न भएको, गाउँमा जस्तापाता तथा पाइप वितरणका लागि लगिएको, मोटरबाटो खन्ने काम गरेको, शिक्षक तथा कर्मचारीहरुले उम्मेदवारहरुसँग तस्बिर खिचाएको, सामाजिक सञ्जालहरुमा अनावश्यक पोष्ट गर्ने गरेको, घर तथा सार्वजनिक ठाउँरुमा दलका झण्डाहरु राख्ने गरेको, ध्वनि प्रदूषण गरी गाडीहरुमा डेक बजाएको लगायत रहेका छन् ।
जिल्लामा सबैभन्दा बढी उजुरी पर्ने पालिकाहरुमा मुसिकोट नगरपालिका, इस्मा, मालिका र धुर्कोट गाउँपालिका रहेका उहाँले बताउनु भयो। यसरी परेको उजुरीका आधारमा मौखिक र लिखित रुपमा स्पष्टीकरण सोधिने बेल्वासेले बताउनुभयो ।
उहाँका अनुसार उजुरीका आधारमा अनुगमन समितिले मुसिकोटबाट ट्र्याक्टरमा लैजाँदै गरेको जस्तापाता र मदानेबाट एक ट्र्याक्टर पोलोथिन पाइप बरामद गरी प्रहरीको नियन्त्रणमा राखेको जनाएको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया