

६ वर्षमा उखु उत्पादन साढे ११ लाख मेट्रिक टनले घट्यो


काठमाण्डौँ
उखु उत्पादन पछिल्लो ६ वर्षमा साढे ११ लाख मेट्रिक टनले घटेको पाइएको छ । किसानले उधारोमा बेचेको भुक्तानीमा बारम्बार समस्या आउन थालेपछि उत्पादनमा कमी आएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको गराएको तथ्यांकले पछिल्ला वर्षमा उखु उत्पादन खस्किंदो क्रममा रहेको देखाउँछ ।
मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७२/७३ मा मुलुकमा ४३ लाख ४६ हजार ७५४ मेट्रिक टन उखु उत्पादन भएको थियो । आव २०७७/७८ मा आइपुग्दा उखु उत्पादन ३१ लाख ८३ हजार ९४३ मेट्रिक टनमा झरेको छ । आव २०७२/७३ को तुलनामा २०७७/७८ को उखु उत्पादन ११ लाख ६२ हजार मेट्रिक टन घटी हो । यस अवधिमा उखुखेती हुने जमीनको क्षेत्रफल पनि साढे १६ हजार हेक्टर घटेको छ । आव २०७२/ ७३ मा ८० हजार ९ सय हेक्टरमा उखुखेती रहेकोमा २०७७/७८ मा आइपुग्दा घटेर ६४ हजार ३ सय हेक्टरमा सीमित भएको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया