

इन्जिनियर शर्मा भन्छन् : जित निश्चित छ, ढुक्क हुुनुस्



कपिलवस्तु । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत प्रतिनिधि सभाका लागि लौरो चुनाव चिन्ह लिएका उम्मेद्धार इन्जिनियर देबेन्द्र कुमार शर्माले आफ्नो जित निश्ति रहेको दाबी गरेका छन् । उनले सोमबार कपिलवस्तुको दक्षिण भेगका मतदाताहरुसँगको भेटपछि मतदाताहरु पुराना उम्मेद्धारसँग दिक्क भएको भन्दै आफ्नो जित निश्ति भएको दाबी गरेका हुन ।
निर्वाचनको मिति नजिकिदै गर्दा निर्वाचन क्षेत्रको दक्षिणी भेगमा बढी क्रियाशिल बनेका शर्मा उमेरले सबैभन्दा कन्छा उम्मेद्धार हुन । उनी भन्छन्, म विकासको योजनासहित जनताको बिचमा गएको छु, त्यसकारण पनि जनता यसपटक लौरो रोज्न तयार छन् ।
कपिलवस्तुको विकास धेरै पछि परेको भन्दै उनले आफू निर्वाचित भएपछि जिल्लाको विकासका लागि नयाँ आयाम थपिने पनि जिकिर गरेका छन् । उनले आफ्नो उम्मेद्धारी कसैको बिरुद्धमा नभएको पनि दोहोराएका छन् । अहिले सम्मको नेतृत्वले जे गरे त्यति पुरा नभएको भन्दै अब नयाँ र युवा उम्मेद्धार जिल्लाले खोजेको भन्दै उनले मंसिर ४ गते कपिलवस्तु १ का जनताले आफ्नो अभिमत विवेक सम्मत प्रयोग गर्ने पनि विश्वास व्यक्त गरेका छन् । मतदाताका घरमा पुग्दै गर्दा उनले हातमा आफ्नो चुनाव चिन्ह लौरो समेत साथमै लिएर पुग्ने गर्दछन् । उनले हाम्रो नपाली पार्टीको चुनवा चिन्ह लौरो लिएर कपिलवस्तु एक बाट प्रतिनिधि सभाका लागि उम्मेद्धारी दिएका हुन । सुरुमा स्वतन्त्र उम्मेद्धार बन्ने घोषणा गरेका देबेन्द्रले पछि लौरो अभियान नै नेपालमा बढी सत्रिय बनेपछि लौरो चुनाव चिन्ह लिए ।
हाल उनी आफ्ना केही समर्थकहरुका साथमा मतदाताको घरघरमा पुग्दा नयाँ आशा पलाएको बताए । उनी भन्छन्, जित निश्चित छ, ढुक्क हुनुस्। कपिलवस्तुको विकासका लागि अब जनताले मत बदल्ने छन् ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया