

नेताहरुलाई ‘चुनावी’ चटारो, नागरिकलाई भने ‘पुल’ नबनेकोमा चिन्ता





राजेन्द्र खनाल, कपिलवस्तु । यतिबेला देश संघीय र प्रादेशिक चुनावको सम्मुखमा पुगेको छ । नेता कार्यक्रता र उम्मेद्धारहरु चुनावी तयारी र मतदाता भेटघाटमा सक्रिय बनेका छन । तर कपिलवस्तुको बाणगंगामा राहेको एउटा सिँगो वडा पुल नबनेकोमा चिन्तामा छन् ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ र ७ सँगै मुख्य राजमार्गलाई जोड्ने कोइली खोलमा पुल बन्ने आशामा बसेका जनता पुल नबन्दा भने निराश छन्। सरकारबाट बजेट बिनियोजन भई ठेक्कामार्फत काम समेत सुरु भएको पुल निर्माण कार्यमा स्थानीयको जग्गा विवदको किचलोले काम अलपत्र पर्दा पुल नबन्ने देखिएको छ । एक महिना अघि (असोज) बाटै समस्या समाधान भई काम सुरु हुने बताइएको भए पनि अहिले सम्म पुल निर्माणको बाँकी काम हुने कुनै सुरसार छैन ।
यहाँ कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट गठबन्धनबाट प्रतिनिधिसभामा चक्रपाणी खनाल बल्देव उम्मेद्धार छन्। बल्देव यसअघि २०७४ सालको निर्वाचनमा समेत यसै क्षेत्रबाट निर्वाचित सासंद हुन । यस्तै गठबन्धनमा प्रदेश सभाबाट कांग्रेसका डोलकराम घिमिरे उम्मेद्धार छन्।
यस्तै मंसिर ४को निर्वाचनका लागि यही क्षेत्रमा एमालेबाट प्रतिनिधिसभामा बलराम अधिकारी उम्मेद्धार छन्।अधिकारी यस अघि २०७० मा निर्वाचित संविधानसभा सदस्य हुन । यस्तै लुम्बिनी प्रदेश सभाका निवर्तमान सासंद समेत रहेका विष्णु पन्थी यसपटक पनि प्रदेश सभा (क) बाट उम्मेद्धार बनेका छन्।
गठबन्धन र एमालेबाट हाल उम्मेद्धारबनेकाहरु मध्ये कांग्रेसका डोलकराम घिमिरे बाहेक अन्य तीनै जना नेता यसअघी संसदसम्म पुगीसकेका छन् । झण्डै ४०वर्ष देखि सिँगो गाउँको एउटा समस्या समाधानमा उनीहरुको सत्रियmता कमजोर सवित भएको छ । कोइली खोलामा मोटरेवल पुल नबन्दा वर्षाको समयमा आउने बाढीमा परि आधा दर्जन बढीले ज्यान गुमाइसकेका छन् ।हजारौँ नागरिक जोखिमको यात्रा गर्न बाध्य हुने गर्दछन् ।
हाल सो पुलको जग्गा विवाद अदालत सम्म पुगेको छ । तर अदालती प्रत्रियmा पुरा गरी पुल निर्माणको बाँकी काम गराउने तर्फ खास पहल हुन सकेको छैन । अदालतले मंगलबारका लागि पेशि तोकेको भएपनि समय अभावका कारण अर्काे पेशि तोकिएको एमालेबाट प्रदेश सभामा उम्मेद्धार बनेका नेता विष्णु पन्थीले बताएका छन् । अब धेरै लामो समय नजाने पनि उनको दाबी छ ।


खबर सबै
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने











प्रतिक्रिया