

उम्मेद्धार शर्माले भने, “परिवर्तनका लागि एउटा युवाले आँट गरेको छ”



कपिलवस्तु । हाम्रो नेपाली पार्टीबाट ‘लौरो’ चुनाव चिन्ह लिएर कपिलवस्तु क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि उम्मेद्धारी दिएका इन्जिनियर देबेन्द्रकुमार शर्माले आफूले जित्ने दाबी गरेका छन् । उनले मतदाताका घरघरमा आफू पुगिरहेको र जिल्लाको विकासमा जनताले नयाँ उम्मेद्धार खोजि गरेको पाएको बताए ।
उनले एक कार्यक्रमलाई सम्बोधन गर्दै भनेका छन्, आज परिवर्तनका लागि एउटा युवाले आँट गरेको छ, यो आँटलाई कपिलवस्तुका जनताले राम्रोसँग हेरिरहेका छन्। उनले भने म इन्जिनियर बनेर यो देशको डिजाइनको नक्सा बनाउछु भनेको मान्छे, नक्सा बनाएर मात्र हुदो रैनछ यहाँ, अब कानुन बनाउने ठाउमा जानुपर्ने रहेछ ।
यस्तै उम्मेद्धार शर्माले एक युगमा एक पटक मात्रै उलटपुलट आउने भन्दै कपिलवस्तुबासीले मंसिर ४ गते युवा उम्मेद्धारलाई साथ दिएमा देश र जिल्लाको विकासमा परिवर्तन ल्याउन सकिने पनि स्पष्ट पारेका छन् । आफू एक्लैले नसक्ने भन्दै उनले भने, मंसिर ४ गते कपिलवस्तुबासीले चाहनुभयो भने युवाले अवसर पाउने छ । आज पनि कतिपयले आदीवासी, जनजाती र मधेसीका नाममा भोट मागिरहेको भन्दै उनले विसुद्ध नेपालीको नाममा भोट माग्ने आफू मात्रै भएको पनि दाबी गरेका छन् ।
देश र जिल्लाको विकासको नाममा आफूले जस्तै कसैले एजेण्डा बनाएर भोट मागेको भए इन्जिनियर देबेन्द्र कुमार शर्मालाई भोट दिन नपर्ने पनि उनको प्रष्टी छ । अहिले विकास र नेताहरुको लडाइ रहेको भन्दै उनले जनताले यसपटक विकासको एजेण्डालाई छोडेर नेतालाई भोट दिए भने सधै पछाडि परिने पनि बताएका छन् ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया