

निर्वाचन आयोगले सोध्यो गगन थापालाई पुनः स्पष्टीकरण



काठमाण्डौ । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभातर्फ काठमाण्डौ क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई पुनः स्पष्टीकरण सोधेको छ ।
आयोगले थापालाई कात्तिक ८ गते डेङ्गीविरूद्ध अभियान किन चलाएको भनेर स्पष्टीकरण सोधेको थियो । अझै पनि त्यस्तो अभियान चलाउने भनेर वक्तव्य दिएको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले उहाँलाई पुनः स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
यदि डेङ्गी महामारीको नियन्त्रणका लागि कुनै नयाँ कार्यक्रम ल्याउन सरकारले आवश्यकता महसुस गरेमा त्यस्तो कार्यक्रम आयोगको सहमतिमा ल्याउन सक्ने आयोगले जनाएको छ । तर थापा आफैँले गर्न पाउने कानुनी व्यवस्था नभएको आयोगले स्पष्ट पारेको छ ।
फेरि पनि आचारसंहिता विपरीत मतदातालाई प्रभावित गरेको हुँदा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको आयोगले जनाएको छ । थापालाई आयोगले किन कारबाही नगर्ने भनेर प्रश्न पनि गरेको छ ।


खबर सबै
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ






प्रतिक्रिया